४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सीता दाहालको पहिलो स्मृति दिवसः ‘स्मृतिमा सीता दाहाल’ लाेकार्पण

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालकी श्रीमती सीता दाहालको प्रथम स्मृति दिवसमा ‘श्रद्धाञ्जली’ कार्यक्रम आयोजना गरिएको छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार आयोजित कार्यक्रममा प्रधानन्त्री दाहालसहित उनका परिवारका सदस्यहरूले सीता दाहालको तस्बीरमा पुष्पगुच्छा अर्पण गरेका थिए। 

श्रद्धाञ्जली कार्यक्रममा माओवादी केन्द्रका उपाध्यक्ष एवं उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू अग्नी सापकोटा, पम्फा भुसाललगायत पार्टी पदाधिकारी, पार्टीका नेता, कार्यकर्ताहरूको पनि उपस्थिति थियो। 

सीताको स्मरण गर्दै पार्टी उपाध्यक्ष श्रेष्ठले जनयुद्धबाट प्राप्त उपलब्धिको रक्षा गर्ने र जनताको सेवामा समर्पित हुने प्रतिबद्धता व्यक्त गरे। 

सीता परिवर्तनका योद्धाका रूपमा सधैं स्मरणमा रहेको बताउँदै उपाध्यक्ष श्रेष्ठले पार्टीलाई थप एकताबद्ध बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए। 

सोही कार्यक्रममा प्रधानमन्त्री दाहालले ‘स्मृतिमा सीता दाहाल’ पुस्तक लाेकार्पण गरेका थिए। माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार समेत रहेही सीता दाहाल २०२८ सालदेखि कम्युनिष्ट आन्दोलनमा लागेकी थिइन्।

२०५२ साददेखि उनी पार्टी अध्यक्ष दाहालले नेतृत्व गरेको जनयुद्धमा सहभागी भएकी थिइन्।

दाहाल पत्नी सीताको गत वर्षको असार २७ गते थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

प्रकाशित: २७ असार २०८१ १२:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App