१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

कोशी प्रदेश सरकार गठनविरुद्धको रिट हेर्न नमिल्नेमा

कोशी प्रदेश सरकार गठनविरुद्धको रिटमा आइतवार हुने भनिएको सुनुवाई हेर्न नमिल्नेमा परेको छ। सर्वाेच्च अदालतको पूर्ण इजलासमा सुनुवाईका लागि परेको रिट हेर्न नमिल्नेमा परेको हो।

सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखेलले कानुन व्यवसायी हुँदा गत भदौमा कोशी प्रदेशका तत्कालीन मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरुद्ध वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दायर गरेको रिटमा थापाको पक्षमा बहस गरेका थिए। तर,आइतवारको रिटमा सुनुवाइका लागि प्रकाशकुमार ढुंगाना र अब्दुल अजीज मुसलमानसँगै पोखरेल पनि पनि पूर्ण इजलास परेपछि आइतवारको रिट हेर्न नमिल्नेमा परेको बताइएको छ।

२७ असोज २०८० मा संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका केदार कार्की अल्पमतमा परे पनि विश्वासको मत परीक्षण नगरेका कारण २६ वैशाखमा स्वतः पदमुक्त गर्दै प्रदेश प्रमुखले २७ वैशाखमा हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए। जसको विरुद्धमा कार्कीले २७ वैशाखमा नै मुख्यमन्त्रीमा आफ्नो निरन्तरताको मागसहित सर्वाेच्चमा रिट निवेदन दिएका थिए।

प्रकाशित: २७ जेष्ठ २०८१ १२:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App