३ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

कोशीमा मन्त्रिपरिषद् विस्तारको तयारी

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन्। मन्त्रिपरिषद् विस्तारका लागि सत्ता साझेदार दलहरूसँग छलफल भइरहेको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिए।

कार्कीले मन्त्रिपरिषद् विस्तारबारे छलफल भइरहेको भए पनि टुंगोमा पुगिनसकेको स्पष्ट पारे। उनले शुक्रबार सम्ममा मन्त्रिपरिषद् विस्तारको टुंगो लाग्ने बताए। कार्कीले भने, ‘सत्ता साझेदार दलहरूसँग छलफल भइरहेको छ। भोलिसम्ममा बिस्तार भइसक्छ।’

कार्कीले कोशी प्रदेशमा एमालेले ५ माओवादी केन्द्रले ३ मन्त्रालय राख्ने र अन्य दललाई १ मन्त्री दिनेगरी छलफल भइरहेको बताए। उनले जसपालाई मन्त्री दिने विषयमा परामर्श भइरहेको बताए।

कार्कीले आर्थिक मामिला मन्त्रालयका विषयमा एमाले र माओवादी केन्द्रवीच धेरै विवाद नरहेको दाबी गरे। कार्कीले भने, ‘दुवै दलहरूले दाबी गर्नु सामान्य विषय हो , मन्त्रालय भागवण्डामा ठूलो विवाद छैन।’

कार्की वैशाख २८ गते कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए। उनले वैशाख ३१  गते नै विश्वासको मत लिइसकेका छन्। कार्कीले कोशी प्रदेशको मन्त्रिपरिषद्लाई पूर्णता दिन छलफल थालेका हुन्।

प्रकाशित: ३ जेष्ठ २०८१ १३:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App