६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

आज ३ वटा संसदीय समितिको बैठक बस्दै

आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ। जसअन्तर्गत बिहान ११ बजे कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्ने छ।

बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयसँग सम्बन्धित दफाहरूका सम्बन्धमा छलफल हुनेछ।

त्यस्तै दिउँसो १ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ। बैठकमा सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० उपर दफावार छलफल हुनेछ।

त्यस्तै बिहान ११ बजे नै संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ। बैठकमा राज्यको तहगत संरचनामा समन्वय र सबलीकरण राजनीतिक, वित्तिय तथा प्रशासनिक संघीयता, समितिले संघीयता सबलीकरणको लागि गर्नुपर्ने थप कार्यहरुबारे छmफल हुनेछ। 

प्रकाशित: २३ वैशाख २०८१ ०९:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App