५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

सहकारी ठगी छानबिन गर्न संसदीय समिति बन्छः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय समिति बन्ने बताएका छन्।

माओवादी संसदीय दलको सिंहदरबारमा शनिबार बसेको बैठकमा सहकारी ठगी छानबिनका लागि पहल भइरहेको बताए।

प्रधानमन्त्री दाहालले मन्त्रिपरिषदको आगामी बैठकमा त्यसबारे निर्णय हुन सक्ने बताएको एक सांसदले जानकारी दिए। सहकारीको समस्या जटिल र गम्भीर बनेको उनको भनाइ थियो।

कुनै नेता लक्षित छानबिन समिति नभई समस्या समाधानका लागि प्रयास गरिने बताए। फरक प्रसंगमा उनले संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान गरिए काँग्रेसको सम्भावित अवरोधका कारण चल्ने नचल्ने निश्चित नभएको उल्लेख गरे।

संसद् सुचारु गर्ने प्रयासमा केही दिनमा सवंदलीय बैठक आह्वान गर्न लागिएको जानकारी उनले दिए।

प्रधानमन्त्री दाहालले प्रतिपक्षीले सत्ता समीकरण भत्काउने परम्परा नै भएको टिप्पणी गर्दै तत्काल वर्तमान समीकरण नटुट्ने उल्लेख गरे।

प्रकाशित: २२ वैशाख २०८१ १२:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App