४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

भाजपाले किन दियो निम्तो नेपालका यी राजनीतिक दललाई?

भारतीय जनता पार्टी (भाजपाले) नेपालका पाँच वटा राजनीतिक दललाई भ्रमणका लागि निम्तो दिएको छ। निम्तो पाउनेमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टी रहेका छन्। नेपालबाट गएइका टोलीलाई भाजपा मुख्यालयमा पार्टीका अध्यक्ष जेपी नड्डाले स्वागत गरेका छन्।

नेपालबाट नेपाली कांग्रेसका नेता उदय शमसेर जबरा, एमाले उपमहासचिव विष्णु रिमाल, माओवादी केन्द्रका नेता मातृका यादव, रास्वपाका शिशिर खनाल र जनमत पार्टीका डा। जयकान्त राउत भारत गएका हुन्।

भाजपाले डा। सीके राउत नेतृत्वको जनमतलाई बोलाए पनि अन्य मधेसवादी दललाई निम्तो दिएको छैन। भाजपाको निम्तोमा दिल्ली पुग्ने दलका नेताहरूले भारतीय विदेश मन्त्री एस। जयशंकरसँग पनि संवाद गर्ने भएका छन्। यो टोलीले त्यहाँ रेलवे मन्त्री अश्विनी बैष्णवसँग पनि भेट गर्ने भाजपाले उल्लेख गरेको छ।

भाजपाले आफ्नो चुनावी अभियान देखाउनुका साथै प्रचार रणनीति र तिनका विधिबारे पनि जानकारी दिने भएको छ।

प्रकाशित: २० वैशाख २०८१ ०८:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App