५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

रेशमले बोलाएको बैठक रञ्जिताले गरिन् खारेज

नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले रेमश चौधरी पक्षले बोलाएको बैठक आधिकारिक नभएको बताएकी छिन्।

श्रेष्ठले सूचना निकाल्दै रेमश चौधरी पक्षले बोलाएको बैठक आधिकारिक नभएको बताएकी हुन्।

केन्द्रीय सदस्य तथा पदाधिकारीलाई सम्बोधन गर्दै उनले निकालेको सूचनामा २३ र २४ गते बोलाएको बैठक आधिकारिक नभएको उल्लेख गरेकी छन्।

रेशम पक्षका गंगा चौधरीले २३ र २४ गते बैठक आह्वान गरेका छन्। पार्टीको महत्वपूर्ण विषयमा छलफल गर्नुपर्ने भएकाले सक्कल नागरिकता र मतदाता परिचयपत्र लिएर आउन चौधरीले भनेका थिए।

प्रकाशित: २० चैत्र २०८० १६:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App