१२ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

नयाँ गठबन्धन स्वार्थको गठजोड हो, विश्वासको मत दिंदैनौं: लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले नयाँ गठबन्धनलाई ‘स्वार्थको गठजोड’को संज्ञा दिएका छन्।

उनले बुधवार प्रधानमन्त्री पुष्पकमल दाहालले मागेको विश्वासको मतको प्रतिउत्तर दिँदै संसदमा भने, ‘जतिसुकै सिद्धान्त र दर्शनको लेप लगाए पनि अहिले भएको सत्ताको हेरफेर भनेको स्वार्थको गठजोड हो। स्वार्थ मिले टाँसिने नमिले छुट्टिने । त्यो सत्ता निर्माण हुँदा बनेको सात बुँदे, आठ बुँदेबाट पनि त्यही पुष्टि हुन्छ।’

लिङदेनले देशको र जनताको परिस्थितिलाई केन्द्र«मा राखेर यो सरकार बनेको होइन भन्दै ठोकुवा गरे। ‘सत्ताको भागबन्डा र कसले के–केबाट सुरक्षित हुनुपर्ने हो, आफू सुरक्षित हुने कवचका लागि यो सत्ता बनेको हो’, उनले भने। 

लिङदेनले सत्ता केन्द्रीत चलखेलमा राप्रपा सहभागी नहुने उल्लेख गर्दै भने,  ‘विश्वासको मत दिंदैनौं।’ 

प्रकाशित: ३० फाल्गुन २०८० १४:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App