६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

सत्ता परिवर्तनको पहिलो पराकम्प गण्डकीमा, माओवादीका २ मन्त्री बर्खास्त

सङ्घमा सत्ता परिवर्तन भएसँगै त्यसको पहिलो असर गण्डकी प्रदेशमा देखिएको छ। माओवादी केन्द्रले दिएको समर्थन फिर्ता नलिँदै गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारमा सहभागी उसका २ मन्त्री बर्खास्त गरेका छन्।

माओवादी केन्द्रबाट मन्त्री बनेका सामाजिक विकास मन्त्री सुशील सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई पदबाट हटाएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ।

मुख्यमन्त्री पाण्डेले सिम्खडालाई गत वैशाख १५ र जुग्जालीलाई वैशाख २९ गते मन्त्री नियुक्त गरेका थिए।

प्रकाशित: २२ फाल्गुन २०८० ११:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App