६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

पर्यटन प्रवर्द्धनका लागि रुडुबन्चुमा हिउँदे नगरसभा

तिलागुफा नगरपालिकाले प्रर्यटन प्रवर्द्धनका लागि नगरपालिकाले हिउँदे नगरसभा तिलागुफा १० को रुडुबन्चुमा क्षेत्रमा गर्ने भएको छ। 

नगरपालिकाले आज  पर्यटन प्रवर्द्धनका लागि रुडुबन्चु क्षेत्रमा नगर सभा गर्न लागेको नगर प्रमुख शंकर प्रशाद उपाध्यायले जानकारी दिए।

सुन्दर पाटन र मनमोहक दृष्य भएको रुडुबन्चु क्षेत्रमा पहिलो पटक नगरपालिकाले हिउँदे नगर सभा गर्न लागेको हो। नगर सभा अन्य वडाको पर्यटकीय क्षेत्रमा गर्ने तिलागुफा नगरपालिका पहिलो स्थानीय तह हुने भएको छ।

नगरपालिकाले पर्यटकीय क्षेत्रको विकासको लागि धार्मिक तथा पर्यटकीय क्षेत्र रुडुको प्रवर्द्धन एवं संरक्षण गर्न र अन्य क्षेत्रको विकासका लागि बिभिन्न कार्यविधि सभाले पारित  गर्ने भएको छ।

कार्यक्रमको सबै तयारी भएको नगरपालिकाले जनाएको छ।

प्रकाशित: २१ माघ २०८० ०८:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App