६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

पशुपतिमा जयशंकरको वृक्षरोपण

नेपाल भ्रमणमा आएका भारतीय विदेशमन्त्री डा.एस जयशंकरले पशुपतिनाथको दर्शन गरेका छन्। 

आज बिहान ८ बजे पशुपति पुगेर उनले पशुपतिनाथ परिसरमा वृक्षरोपण समेत गरेका छन्। नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन उनी बिहीवार काठमाडौँ आएका हुन्।

बिहीवार उनले नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुनुका साथै उच्चस्तरीय राजनीतिक भेटघाट गरेका थिए। 

जयशंकर आजै स्वदेश फर्किँदै छन्। उनको मध्याह्न साढे १२ बजे भारत फर्कने कार्यक्रम रहेको छ। 

प्रकाशित: २० पुस २०८० ०३:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App