१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

अबको १०/१२ दिनमै नयाँ सरकार: महरा

तस्बिर: दिनेश सुवेदी

रोल्पा– माओबादी नेता कृष्णबहादुर महराले देशमा अब केहि दिनमै बामपन्थीको बहुमतीय सरकार बन्ने बताएका छन् । आफ्नो गृह जिल्ला रोल्पा पुगेका महराले भने ‘अबको १०/१२ दिन भित्रमै ५ बर्षका लागि बामको नयाँ र स्थिर सरकार बन्नेछ। आगामि हाम्रो काम भनेको देशलाई समृद्ध बनाउने हुनेछ ।’

रोल्पा नगरपालिका १० धवाङमा रहेको धवाङ खोला लघु जलबिद्युत आयोजना उद्घाटन गरेका महराले आफु मन्त्रीहुदा प्रशस्तै बजेट रोल्पा भित्र्याएको समेत बताए । ‘म मन्त्री हुँदा करिब पौने ३ अरब बजेट रोल्पामा हालेको हुँ । अब ती सबै काम स्थानिय सरकारले गर्छ।’

७० लाख अनुदान र १५ लाख जनश्रमदानबाट तयार गरिएको १८ किलोवाटको लघु जलविद्युत आयोजनाबाट २ सय १८ घरधुरी लाभान्वित हुनेछन् ।

 

 

प्रकाशित: २६ माघ २०७४ १२:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App