१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

मन्त्रीको गाडी त्यो सडकबाट गुड्दा दुःखद घटना हुन पुग्योः महानिरिक्षक कुँवर

प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले बालकुमारीमा प्रर्दशन चलिरहेका बेला भौतिक पूर्वाधार योजनामन्त्री सोही सडकबाट सवारी चल्नु नै दुःखद घटना हुन पुगेको बताएका छन्।  

आज बिहान बसेको संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा जवाफ दिने क्रममा प्रहरी महानिरीक्षक कुँवरले मन्त्रीले त्यही सडक प्रयोग नगरेको भए भीड उत्तेजित नहुने र स्थिति नियन्त्रणमा लिन सहज हुने बताए।

‘मन्त्रीज्यूको गाडी त्यही सडकबाट नआएको भए यस्तो हुने थिएन’, उनले भने, ‘परिस्थिति अनियन्त्रित हुदै गएको थियो, संवेदनशीलतलाई ख्याल गर्दै गोली चलाउनु परेको हो।’  

उनका अनुसार सुरुमा सामान्य बल प्रयोग भएको थियो। ‘जब ११ः५२ मा मन्त्रीज्यू आउनुभयो उहाँ पार्टी प्यालेसबाट कोटेश्वरतर्फ जाँदै गरेको अवस्था थियो। त्यही बेलामा पीएसोले जानकारी लिने र समन्वय गर्ने काम भएन’, उनले भने ‘ ११ः५४ मा हातपात हुने अवस्था आयो। पीएसओले मन्त्रीलाई सुरक्षित स्थानमा लगेको हो। १२ बजे मन्त्रीको गाडीमा आगजनी भयो त्यसपछि गोली चल्यो, आइजीपी कुँवरले भने।

प्रकाशित: १६ पुस २०८० ०४:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App