१२ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

बालकुमारी घटनामा सरकारले उच्चस्तरीय न्यायिक समिति गठन गर्नुपर्छः काँग्रेस

सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसले बालकुमारी घटनामा छानविनका लागि उच्चस्तरीय न्यायिक समिति गठन गर्न सरकारसँग माग गरेको छ।

आईतवार पार्टी केन्द्रिय कार्य समिति बैठकको निर्णय सार्वजनिक गर्दै पार्टीका प्रचार विभाग प्रमुख मिन विश्वकर्माले दुई जना युवाको ज्यान जाने गरी भएको सो घटनालाई गम्भिरतापूर्वक लिई सरकारले त्यसको सत्यतथ्य पत्ता लगाउन सो समिति तत्काल गठन गर्नुपर्ने माग गरिएको बताएका हुन्।

सो घटनाको सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाही गर्नका लागि पनि न्यायिक समिति आवश्यक भएकाले त्यसलाई तत्काल गठन गर्न पार्टी केन्द्रिय कार्य समिति बैठकले सरकारसँग माग गरेको पनि प्रचार विभाग प्रमुख विश्वकर्माले बताए। त्यसैगरी बैठकले सो घटनामा परी ज्यान गुमाएकाका परिवारका एक जना सदस्यलाई उचित रोजगारीका व्यवस्था तत्काल गर्नपनि सरकारलाई सचेत गराएको छ। मृतकका परिवारलाई उचित क्षतिपूर्ति र घाईतेहरुको निःशुल्क उपचारको व्यवस्था गर्न पनि सरकारलाई भनिएको काँग्रेसले जनाएको छ।

प्रचार विभाग प्रमुख विश्वकर्माले भने, ‘२०८० साल पौष १३ गते ललितपुरको बालकुमारीस्थित इपिएस कार्यालय क्षेत्रमा वैदेशिक रोजगारीका लागि इपिएस परीक्षा दिन पाऊँ भन्ने माग गर्ने प्रर्दशनकारी र सुरक्षाकर्मीबीच भएको झडपमा दुई जना युवाको ज्यानु अत्यन्तै दुखद् घटना हो। यस घटनाले हामी सबैलाई मर्याहत तुल्याएको छ । तसर्थ सरकारले यो घटनालाई गम्भिरताका साथ लिई देहायका कार्य तत्काल गर्न सरकार गम्भिर ध्यानाकर्षण गर्ने। १. उच्चस्तरीय न्यायिक छानविन समितिको गठन गरी घटनाको सत्यतथ्य पत्ता लगाई दोषीलाई कानुनी कारबाही गर्ने । २. रोजगारीकै लागि विदेश जाने प्रक्रिया सम्बन्धि विवादबाट उत्पन्न आन्दोलनमा ज्यान गुमाएका परिवारका कम्तिमा एक जनालाई स्वदेशमै उचित रोजगारी प्रदान गर्नुपर्ने। ३. मृतकका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, ४. घाइतेको निःशुल्क उपचार गर्नुपर्ने। ५. आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सरकारले विशेष नीति अवलम्वन गर्नुपर्ने।’

प्रकाशित: १५ पुस २०८० ०८:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App