३ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

पशुपति विकास कोषको कार्यकारी निर्देशक नियुक्तिको कागजहरू उपलब्ध गराउन समितिको निर्देशन

प्रतिनिधि सभा अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले पशुपति विकास कोषको कार्यकारी निर्देशक नियुक्तिको कागजातहरू उपलब्ध गराउन निर्देशन दिएको छ।

बिहीबार बसेको समितिको बैठकले कोषको कार्यकारी निर्देशक नियुक्तिको कागजातहरू उपलब्ध गराउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले र पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएको हो।

समितिले कोषमा हालै नियुक्त गरिएका कार्यकारी निर्देशकको नियुक्ति सम्बन्धी प्रमाणित हुने कागजातहरू निर्णयको माइन्युट, निजको शैक्षिक योग्यता र अनुभवको प्रमाणपत्र तीन दिन भित्र समितिमा उपलब्ध गराउन निर्देशन दिएको छ।

पशुपति क्षेत्र विकास सञ्चालक परिषद्को बैठकले कोषको कार्यकारी निर्देशकका लक्ष्मी पुन नियुक्त गरेको थियो। 

प्रकाशित: १२ पुस २०८० ०९:२४ बिहीबार

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति पशुपति विकास कोष