काठमाडौँ – सरकारले बुधबार नियुक्त गरेको प्रदेश प्रमुखहरूले आज पद तथा गोपनियताको सपथ ग्रहण गर्दैछन्।
राष्ट्रपति कार्यालय शितल निवासमा अपराह्न ४ बजे उनीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको सपथ खुवाउने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ।
सरकारले बुधबार नै सातै प्रमुखको सपथ ग्रहण तथा नियुक्तिका लागि सिफारिस गरेको थियो । विहीबार सार्वजनिक बिदा परेकाले उनीहरूको नियुक्ति तथा सपथ ग्रहण शुक्रबारलाई सारिएको हो।
सरकारले प्रदेश–१ मा डा गोबिन्द सुब्बा, प्रदेश–२ मा रत्नेश्वरलाल कायस्थ, प्रदेश–३ मा अनुराधा कोइराला, प्रदेश–४ मा बाबुराम कुँवर, प्रदेश–५ मा उमाकान्त झा, प्रदेश–६ मा दुर्गाकेशर खनाल र प्रदेश–७ मा मोहनराज मल्ललाई प्रमुख तोकेको छ।
प्रकाशित: ५ माघ २०७४ ०४:५९ शुक्रबार