६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

एनसेल प्रकरण छानबिन गर्न टंकमणि शर्माको संयोजकत्वमा उच्चस्तरीय समिति

एनसेल प्रकरण छानबिन गर्न सरकारले पूर्व महालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा उच्चस्तरीय अध्ययन तथा छानबिन समिति गठन गरेको छ।

बिहीबार बिहान बएको मन्त्रीपरिषद् बैठकले उक्त निर्णय गरेको हो।

समितिका सदस्यमा सचिव फणिन्द्र गौतम, अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, सञ्चार तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रलयका सहसचिव बाबुराम भण्डारी र  आइक्यानका अध्यक्ष सुजनकुमार काफ्ले छन्।

समितिले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा अध्ययन तथा छानबिन गरी एक महिनाभित्र प्रतिवेदन पेस गर्नेछ।

प्रकाशित: २१ मंसिर २०८० ०५:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App