१७ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
राजनीति

कानून अनुसार नचलेका औषधि पसल बन्द गर्ने मेयर बालेनको चेतावनी

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले नियम अनुसार सञ्चालनमा नआएका औषधि पसलहरू बन्द गर्ने चेतावनी दिएका छन्।  

विद्यमान नियम कानुनहरू उलङ्घन गरेर औषधि पसलहरू सञ्चालन भइरहेको उजुरी परेको उल्लेख गर्दै त्यस्ता फार्मेसीहरू दश भित्र कानुनी दायरामा नआए कुनै पनि बेला बन्द गर्ने चेतावनी दिएका हुन।

महानगर भित्र सञ्चालनमा रहेका औषधि पसलहरूमा अनधिकृत व्यक्तिहरूबाट औषधि बिक्री वितरण भइरहेको जानकारी प्राप्त भएकोलगायतका उजुरी प्राप्त भएको उल्लेख गर्दै मेयर बालेनले संस्थागत रूपमा सूचना निकालेर चेतावनी दिएका छन्।  

‘औषधी व्यवस्था विभागमा दर्ता नभएका औषधी समेत बिक्री वितरण भइरहेको, चिकित्सकको प्रेस्किप्सन बिना औषधी बिक्री वितरण भइरहेको, नार्कोटिक औषधीहरूको प्रचलित ऐन कानुन अनुसार बिक्री वितरण नगरिएको र उक्त औषधीहरूको आवश्यक अभिलेख नराख्ने गरिएको गुड फार्मेसी प्राक्टिस अनुसार औषधि पसल व्यवस्थापन नगरिएको र काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागबाट इजाजत पत्र नलिई सञ्चालनमा रहेको विभिन्न गुनासाहरू आम उपभोक्ताहरूबाट आइरहेको र यस विभागबाट अनुगमन गर्दा समेत उल्लेख भए अनुसार नपाइएकोले यो सूचना प्रकाशन गरेको मितिले १० (दश) दिन भित्र माथि उल्लेखित सम्पूर्ण कार्यहरू कानुन बमोजिम गर्न यसै सूचनाद्वारा जानकारी गराइन्छ’, महानगरद्वारा मङ्गलवार साँझ जारी सूचनामा भनिएको छ।

महानगरले भनेको छ, ‘अतः माथि उल्लेख भए अनुसारको समय भित्र काठमाडौँ महानगरपालिका क्षेत्र भित्र सञ्चालित औषधी पसलहरूले सुधारात्मक कार्यहरू गरेको नपाइएमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ (क) ९ तथा काठमाडौँ महानगरपालिका जन स्वास्थ्य ऐन २०५० को दफा २६ (घ) अनुसार स्वास्थ्य विभागबाट अनुगमन भई काठमाडौँ महानगरपालिका जन स्वास्थ्य ऐन २०५० को दफा ५३ अनुसार औषधी पसल बन्द गर्ने सम्मको कारबाही गरिने ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।’

प्रकाशित: २० मंसिर २०८० ०३:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App