६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

राष्ट्रिय सभाको निर्वाचन माघ ११ मा

सरकारले राष्ट्रिय सभाको निर्वाचन माघ ११ मा गर्ने भएको। आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय सभाको निर्वाचनको मिति तोकेको हो।

निर्वाचन आयोगले निर्वाचनका लागि माघ ११ को मिति तय गर्न सरकारलाई सुुझाव दिएको हो  सोही अनुसार मिति तय गरिएको सरकारकी प्रवक्ता मन्त्री रेखा शर्माले जानकारी दिइन्।

आगामी फागुन २० पछि राष्ट्रिय सभाका २० पद रिक्त हुँदैछन्। त्यसमध्ये १९ जना निर्वाचनमार्फत् चयन हुनेछन्। बाँकी एक जना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनित गर्नेछन्।

राष्ट्रिय सभामा एमालेका ८, कांग्रेसका ४, माओवादी केन्द्रका ३, एकीकृत समाजवादीका २, जसपाको १, स्वतन्त्र १, मनोनित ९एमाले० १ सांसदको पद रिक्त हुँदैछ।

प्रकाशित: १३ मंसिर २०८० ०५:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App