६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रसाईँ निवासमा प्रहरी परिचालन, समर्थक भन्छन् नजरबन्दको प्रयास

मेडिकल व्यवसायी दुर्गा प्रसाईंको भक्तपुरस्थित निवास आसपास सुरक्षाकर्मी परिचालन भएका छन्। भक्तपुर जिल्ला प्रहरी कार्यालयले प्रसाईँको सुरक्षा अवस्थालाई ध्यानमा राखी पर्याप्त मात्रामा प्रहरी परिचालन गरिएको बताएको छ।

भक्तपुर महानगरपालिकाको महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक बेद विष्टले प्रसाईँ घरबाट बाहिर निस्कदा हुन सक्ने आक्रमण र बाहिर उत्पन्न हुन सक्ने अराजक परिस्थितिलाई ध्यानमा राखेर सुरक्षाकर्मी परिचालन गरिएको नागरिक न्यूजलाई बताए।

यता प्रसाईँका समर्थकहरूले भने प्रसाईँलाई नजरबन्द गर्ने प्रयास प्रशासनको तर्फबाट भइरहेको आरोप लगाएका छन्।

प्रसाईँले आज काठमाडौँको तीनकुने क्षेत्रमा प्रदर्शन गर्ने घोषणा गरेका छन्। तर, काठमाडौँ प्रशासनले भने उनलाई प्रदर्शनका लागि हालसम्म अनुमति दिएको छैन।  

प्रकाशित: ८ मंसिर २०८० ०५:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App