५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

राष्ट्रियसभा चुनावमा मतभार बढ्यो

निर्वाचन आयोगले जनगणनाअनुसार राष्ट्रियसभा सदस्य निर्वाचनमा मतभार बढाएर तोकेको छ।

जनसंख्याको आधारमा राष्ट्रियसभाका सदस्यलाई दिने मतदाताको भार नयाँ जनगणना अनुसार बढाइएको हो। जनगणनामा जनसंख्याको वृद्धि भएको तथ्यांक आएपछि मतभार पनि बढेको हो।

राष्ट्रियसभाका एक तिहाइ सदस्यहरूको पदभार २०८० फागुन २० गते सकिन लागेकाले नयाँ चुनावको तयारीसहित मतभार तोकिएको हो। निर्वाचन आयोगले प्रदेशसभा सदस्यका लागि ५३, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखका लागि १९ मतभार कायम हुने गरी तोकेको छ।

आयोगले मंसिर ६ गते मतभार तोक्ने निर्णय गरेको जनाएको छ। संविधानको धारा ८६ को उपधारा (३) बमोजिम राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि फागुन २० गते सकिन लागेकाले राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ बमोजिम पद रिक्त हुनुभन्दा ३५ दिन पहिले निर्वाचन गरिसक्नुपर्ने कानूनी व्यवस्था छ।

राष्ट्रिय जनगणना २०७८ सम्पन्न भै जनगणनाको प्रतिवेदन समेत सार्वजनिक भैसकेकोले प्रयोजनका लागि ऐन बमोजिम राष्ट्रिय तथ्यांक कार्यालयको सिफारिससमेतका आधारमा मतभार तोकिएको निर्वाचन आयोगले जनाएको छ।

राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ मा राष्ट्रियसभाको निर्वाचनमा मतदान गर्ने निर्वाचक मण्डल (प्रदेशसभाका सदस्य र गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख) को मतभारको व्यवस्था छ। मतभार कायम गर्दा पछिल्लो राष्ट्रिय जनगणनाअनुसारको कुल जनसंख्यालाई आधार मानी कायम गर्नुपर्ने हुन्छ।

प्रकाशित: ७ मंसिर २०८० ०३:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App