१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सांसदको हस्ताक्षर सनाखत आज

फाइल तस्बिर

कोसी प्रदेशमा मुख्यमन्त्री नियुक्त गर्नुपूर्व समर्थन गर्ने प्रदेश सांसदहरूको सनाखत गरिने भएको छ।

प्रदेश प्रमुखको कार्यालयले शुक्रबार सूचना प्रकाशित गरी शनिबार बिहान ८ बजेदेखि २ बजेसम्म सांसदको हस्ताक्षर सनाखत गर्ने जनाएको हो। मुख्यमन्त्री नियुक्त गर्न आफूलाई समर्थन गरेका सांसद लिएर  कांग्रेस सांसद केदार कार्की प्रदेश प्रमुख परशुराम खापुङको कार्यालयमा पुगेपछि प्रदेश प्रमुखको कार्यालयले शनिबार बिहान ८ बजेदेखि सनाखत गर्ने सूचना प्रकाशित गरेको हो।

कोसीमा कांग्रेसका प्रदेशसभा सदस्य केदार कार्की र माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्। आङ्बोले कांग्रेसहित चार दलका नेताको समर्थन पेस गरेका छन् भने कार्कीले कांग्रेसका ८ र एमालेका ३९ प्रदेशसभा सदस्यको हस्ताक्षर बुझाएका छन्।

प्रकाशित: २७ आश्विन २०८० ०१:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App