९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

काँग्रेस बिनाको सरकारको कल्पना गर्न सकिँदैनः अध्यक्ष नेपाल

फाइल तस्बिर

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले काँग्रेस बिनाको सरकारको कल्पना गर्न नसकिने बताएका छन्।

मेची—महाकाली समाजवादी जागरण अभियानको क्रममा जनकपुरधाम पुगेका पूर्वप्रधानमन्त्री समेत रहनुभएका नेपालले बुधवार आयोजति कार्यक्रममा यस्तो बताएका हुन्।

उनले अहिलेको संरचना र शक्ति सन्तुलन मिलाउन कँग्रेस अपरिहार्य भएको बताए। उनले प्रधानमन्त्री को बन्ने भनेर कसैले मुख मिठ्याउन आवश्यक नरहेको जिकिर गरे। उनले सरकारले केही राम्रा काम गर्न खोजेपनि पर्याप्त नभएको बताए। यो सरकार अघि बढाउने पक्षमा आफूहरु रहेको उनको भनाइ छ।

उनले भने, ‘अरु कुनै सरकारको, अरु कुनै मान्छेले मुख मिठ्याउनु आवश्यक छैन। अहिले हाम्रो सहमतिबाट पुष्पकमल दाहाल प्रधानमन्त्री हुनुहुन्छ। उहाँले केही राम्रा काम पनि गर्न खोज्नुभएको छ। तर त्यो पर्याप्त भएन। त्यसको निम्ति हामीले उहाँलाई सहयोग पनि गर्नुपर्छ। उहाँलाई दबाब पनि दिनुपर्छ। उहाँलाई उत्प्रेरित पनि गर्नुपर्छ। यसको निम्ति गठबन्धनको तर्फबाट हाम्रो पार्टी सहयोगी भुमिका निभाउन वा आवश्यक प्रभावकारी भुमिका खेल्न तयार छ। को प्रधानमन्त्री बन्छ भनेर मुख मिठ्याएर बस्ने होइन, कहिले आउँछ भनेर ढुकेर बस्ने होइन। अहिले भएको सरकारलाई अघि बढाउने हो। नेपाली काँग्रेसका नेता शेरबहादुर देउवा यो सरकारलाई अघि बढाउने पक्षमा हुनुहुन्छ। हामी पनि यो सरकार अघि बढाउने पक्षमा छौँ। कमजोर र असहयोग गर्ने पक्षमा छैनौँ, काँग्रेस बिनाको सरकारको त कल्पनै गर्न सकिँदैन। अहिलेको संरचना जुन छ, शक्ति सन्तुलन छ, यो शक्ति सन्तुलनभित्र नेपाली काँग्रेस अपरिहार्य हुन्छ। हाम्रो पार्टीले त झन छोड्ने कुरै आउँदैन।’

प्रकाशित: १७ आश्विन २०८० ०८:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App