७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

सरकारमा जान र मन्त्री खान समाजवादी मोर्चा गठन भएको होइनः विप्लव

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सरकारमा रहनका लागि समाजवादी मोर्चा गठन नभएको बताएका छन्।

सरकारमा जान र मन्त्री खान समाजवादी मोर्चा गठन नभएको उनको भनाइ थियो। महासचिव विप्लवले नेपाल विघटन हुन्छ कि भन्ने अवस्थामा पुगेकाले त्यसलाई जोगाउने उद्देश्यका साथ सो मोर्चामा आफूहरुले भाग लिएको पटकपटक दोहोर्‍याए।

शनिबार काठमाडौंमा आयोजित ‘संविधान, समाजवाद र मानव अधिकार’ विषयक अन्तत्र्रिmया कार्यक्रममा बोल्दै उनले मोर्चाले सबै कम्युनिष्टहरुलाई एउटै मोर्चामा ल्याउने गरी सोच्नुपर्ने आवश्यक्ता समेत औंल्याए। महासचिव विप्लवले देशको माया गर्ने, जनताको माया गर्ने सबैले काँग्रेसलाई पनि समाजवादी मोर्चामा ल्याउने आँट गर्नुपर्ने जिकिर गरे।

महासचिव विप्लवले नेपालको संविधान पनि परिवर्तन गर्नुपर्ने बताए। जनताको चाहनालाई प्रतिविम्वित नगरेकाले नेपालको संविधान परिवर्तन गर्नुपर्ने उनको भनाई थियो।

प्रकाशित: ६ आश्विन २०८० १२:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App