१७ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

लोकतान्त्रिक अभ्यास निर्वाचन : प्रमुख निर्वाचन आयुक्त डा. यादव

 

काठमाडौँ, असोज १४ - प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले नयाँ संघीय संरचनाअनुसार सात प्रदेशका ७७ जिल्लामा रहेका कुल सात सय ५३ वटा स्थानीय तहको निर्वाचन सम्पन्न भएको सन्देश नेपाली जनतालाई दिन पाउँदा निर्वाचन आयोग गर्वको अनुभव गर्दछ भनेका छ । 

विजयादशमीका अवसर पारेर आज जारी गर्नुभएको सन्देशमा उहाँले भर्खरै सकिएको निर्वाचनलाई असल र सफल लोकतान्त्रिक अभ्यासका रूपमा लिनुपर्ने बताए । 'प्रमुख निर्वाचन आयुक्त डा यादवले तीन चरणमा भएको निर्वाचनबाट नेपालको संविधानअनुरुप स्थानीय तहका गाउँपालिका र नगरपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाको प्रमुख, उपप्रमुख र वडाध्यक्ष, वडा सदस्य, महिला वडा सदस्य र दलित महिला वडा सदस्यको चयन भइसकेको छ।' 
 

प्रकाशित: १४ आश्विन २०७४ ०१:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App