५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रमुख नेतृत्व व्यवस्था परिवर्तनमा सफल भए पनि जनताको अवस्था परिवर्तनमा चुके : रवि लामिछाने

फाइल तस्बिर

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलुकको बागडोर सम्हालेको अहिलेको सम्पूर्ण प्रमुख नेतृत्व व्यवस्था परिवर्तनमा सफल भए पनि जनताको अवस्था परिवर्तनमा चुकेको बताएका छन।

संविधान दिवसको अवसरमा आज एक प्रेस विज्ञप्ति जारी गदै उनले जननिर्वाचित संविधानसभाद्वारा संविधान बनाइनु ऐतिहासिक थियो तर मुलुकको बागडोर सम्हालेको अहिलेको सम्पूर्ण प्रमुख नेतृत्व व्यवस्था परिवर्तनमा सफल भए पनि जनताको अवस्था परिवर्तनमा चुकेको बताएका हुन।

सभापति लामिछानेले अगाडि भनेका छन,‘जनताले,राजनीतिक नेतृत्वले धोका दिएको महसुस गरेका छन्।‘जनताले समृद्धिको ढोका खोजिरहेका छन्।उनीहरूले बुझेका छन् संविधान साधन हो, साध्य होइन।संविधान आफैँमा गतिशील दस्ताबेज हो।हाम्रो संविधानमा धेरै सबल र उन्नत लोकतान्त्रिक पक्षहरू भए पनि केही संरचनागत व्यवस्थाहरूले राज्यलाई बोझिलो बनाएको छ।संविधान स्वयंले नै लोकतान्त्रिक प्रक्रियाद्वारा संशोधनको बाटो खुला राखेको छ ।’ लोकतान्त्रिक व्यवस्थाको सदुपयोग गर्दै हाम्रो संविधान देश र जनतालाई समृद्धिको बाटोमा अगाडि लैजाने साधन बनोस्।हामी सबैलाई संविधान दिवसको हार्दिक शुभकामना भन्दै उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ३ आश्विन २०८० ०६:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App