४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

१७ तोपको शलामीसहित नेम्वाङको अन्तिम विदाई

तस्बिरसहित

संविधान सभाका अध्यक्ष एवं नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्ठि गरिएको छ।

बालुवाटारस्थित निजी निवासबाट नेम्वाङको पार्थिव शरीरलाई पशुपतिस्थित आर्यघाट लगेर बिहीवार मध्याह्न अन्त्येष्ठि गरिएको हो। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेम्वाङको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली दिएका थिए। यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएका थिए।  

भदौ २६ गते हृदयघातका कारण निधन भएको नेम्वाङलाई १७ तोपको शलामी दिँदै अन्तिम विदाई गरिएको छ।

हेरौं तस्बिरहरूः

प्रकाशित: २८ भाद्र २०८० ०७:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App