९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

ओलीको उदयसँगै राजनीतिमा घृणा शुरु भयोः घनश्याम भुसाल

नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक उदयसँगै राजनीतिमा घृणा शुरु भएको आरोप लगाएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले राजनीतिमा ओलीको उदयसँगै निन्दा, खुट्टा तानाताने, भत्र्सना र गालीको परम्परा र संस्कृति हाबी हुँदै गएको उल्लेख गरे। उनले नयाँ पार्टीहरुप्रति लक्षित गर्दै उहाँले अहिले ओली भन्दा पनि १० हातमाथि गएर निन्दा भत्र्सनामा उत्रिनेहरु आएको उल्लेख गरे। ओलीका कारण नेपालको शिक्षामा हुनुपर्ने उल्लेख्य प्रगति हुन नसकेको उनले आरोप लगाए। उनले अध्यक्ष ओलीका कारण बाम आन्दोलनको सबै सम्भापना टुटेको उल्लेख गरे।

उनले भने, ‘राजनीतिमा जब हाम्रो ओली कमरेडको उदय शुरु भयो, त्यसपछि नेपालको राजनीतिमा घृणाको, निन्दाको, खुट्टा तानातानको, भत्र्सनाको गालीको यो एउटा परम्परा, संस्कृति हुँदै गयो। अहिले त ओलीजी भन्दा १० हात अघि गएर निन्दा भत्र्सनामा अरु नै आइपुगे। त्यो निन्दा, भत्र्सनाको बुढो प्रतिनिधिको ठाउँमा नयाँ प्रतिनिधि आए, जवान प्रतिनिधिहरु आए। ओलीले जे गर्नुभयो, त्यसको लागि १५ वर्ष हामीले हाम्रा विद्यार्थीहरुलाई पढाउनुपर्छ। नेपालले के गुमायो भन्दा शिक्षाका क्षेत्रमा मात्रै १० वर्षमा भइसक्ने, ५ वर्षमा भइसक्ने हाम्रो सार्वजनिक शिक्षा गुणस्तरीय भइसक्ने निजी र सार्वजनिक शिक्षाको विभेद हटिसकेको हुने, र सबै नेपालीले ख्याल गर्नुहोला। यो नारा सबैलाई शिक्षा र गुणस्तरीय शिक्षा हुने थियो। त्यो अवसर ओलीजीका कारणले, ओलीको प्रवृत्तिको कारणले नेपाली राजनीतिमा, नेपाली बाम आन्दोलनमा पसेको ओली प्रवृत्तिका कारणले सम्भावना टुटेको छ। ओलीजीका कारणले नेकपा एमाले झनै संकटग्रस्त बन्दैछ। संकटग्रस्तलाई पार्टीभित्र बस्न अझ बढी ओलीको भक्ति चाहिन्छ।’

प्रकाशित: ८ भाद्र २०८० १०:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App