१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

गृहद्वारा ३१ सिडिओको सरुवा

काठमाडौं— गृह मन्त्रालयले तेस्रो चरणको स्थानीय तहको निर्वाचन हुन बाँकी ८ जिल्लासहित ३१ जिल्लाको प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ। बिहीबार काठमाडौंलगायत ३१  जिल्लाको प्रमुख जिल्ला अधिकारीको काज सरुवा भएको हो। 

काठमाडौंका बालकृष्ण पन्थीको स्थानमा केदारनाथ शर्मा आएका छन्। रूपन्देहीका विनोद प्रकाश सिंह पर्सामा, बागलुङका ऋषिराम तिवारी झापामा, गृहमा रहेका रामप्रसाद आचार्य मोरङ सरुवा भएका छन्। 

यस्तै श्यामप्रसाद भण्डारी धादिङ, बाबुराम श्रेष्ठ महोत्तरीमा, भागीरथ पाण्डे सप्तरीमा, कृष्णप्रसाद कटुवाल राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रमा सरुवा भएका छन्। महोत्तरीका वीरेन्द्रकुमार यादव गृहमा र धादिङका महेश आचार्य स्याङ्जामा सरुवा भएका छन्। दोस्रो श्रेणीका प्रमुख जिल्ला अधिकारी रहने बाँकेका जनकराज पन्त ओखलढुंगा पुगेका छन्। 

भूपेन्द्र थापा सोलुखुम्बु, लक्ष्मणविक्रम थापा दोलखा, हीरादेवी पौडेल रसुवा, जनार्दन गौतम दार्चुला, कृष्णप्रसाद अधिकारी म्याग्दी र कृष्णबहादुर घिमिरे प्युठान पुगेका छन्।

अध्यागमन विभागका मोहन जिसी ताप्लेजुङ, ताप्लेजुङका नरबहादुर खड्का सप्तरी, सोलुखुम्बुका उमेश पाण्डे धनकुटा, ओखलढुंगाका फणीन्द्र दाहाल महोत्तरी, दोलखाका यज्ञराज बोहोरा गृह, रसुवाका चोमेन्द्र न्यौपाने धनकुटा, बाजुराका देवेन्द्र लामिछाने बाँके र म्याग्दीका राजुप्रसाद पौडेल  अध्यागमनमा सरुवा भएका छन् ।

 

प्रकाशित: २६ श्रावण २०७४ १४:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App