४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

जनता माथि डोजर चलाएर परियोजना बनाउन राज्यले दिनुहुन्न :अध्यक्ष राउत

फाइल तस्बिर

जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. चन्द्रकान्त राउतले जनता माथि डोजर चलाएर परियोजना बनाउन नहुने बताएका छन।आज प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा अध्यक्ष राउतले यस्तो कुरा बताएका हुन। 

उनले विद्युत उत्पादक व्यवसायीहरूसँग पैसा छ भन्दैमा जनतालाई पेलेर जलविद्युतका परियोजनाहरू बनाउन दिन नहुने बताए। उनले सरकारले जनतालाई पेलेर जलविद्युत परियोजनाहरू निजी क्षेत्रलाई दिए सांसदहरूले नै अवरोध गर्ने धारणा राखे। 

अध्यक्ष राउतले कुनै पनि विकास जनताको लागि गर्ने भएकाले जनताको पक्षमा हुनु पर्ने उल्लेख गरे। उनले विकास जनता र प्राकृतिक संरचना मास्ने गरी कुनै पनि परियोजनाहरू आउनु नहुने जानकारी दिए। उनले परियोजनाहरूको वातावरण परीक्षण मूल्याङ्कन गर्दा इमान्दारि पूर्वक गराउन आवश्यक रहेको बताए। उनले कुनै मन्त्रिले वा अन्य कसैलाई लाभ दिएर परियोजना पास भए देशको लागि चुनौती हुने बताए। 

उनले कुनै पनि परियोजना बनाएर ३० वर्ष पूरा भएर सरकारलाई बुझाएको अनुभव नभएको जानकारी दिए। सांसद राउतले निजी क्षेत्रले लाभको लागि लगानी गर्ने भएकाले  विद्युत उत्पादनको लागि सङ्कटकाल लगाउन आवश्यक नभएको बताए। 

उनले निजी क्षेत्रको लाभको लागि मन्त्रालयहरूले सबै ऐन कानुनहरू खारेज गरेर सङ्कट काल लगाउन तत्काल कुनै जरुरी नभएको बताए। उनले अनावश्यक रुपमा सङ्कटकाल लगाएरै ऐन कानुनहरू उलङ्घन गरेर जनता माथि  डोजर चलाएर परियोजना पास गर्ने रणनीतिमा निजी क्षेत्र नलाग्न आग्रह गरे। 

प्रकाशित: २३ श्रावण २०८० १३:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App