१९ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

सुदूरपश्चिम ललितपुर मेयर्स महिला टी-२० च्याम्पियनसिपको फाइनलमा

उपाधिका लागि एपीएफसँग खेल्ने

सुदुरपश्चिम प्रदेश ललितपुर मेयर्स महिला टी-२० च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ।

लिग चरणको अन्तिम खेलमा शुक्रबार बागमती प्रदेशलाई १०९ रनको फराकिलो अन्तरमा पराजित गर्दै सुदूरपश्चिमले उपाधि यात्रा तय गरेको हो। 

शनिबार हुने फाइनलमा अब सुदूरपश्चिमले सशस्त्र प्रहरीको एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ।  

सुदुरपश्चिमले दिएको १५८ रनको लक्ष्य पछ्याएको बागमती १६.१ ओभरमा ४८ रनमा समेटियो। उसका लागि कृष्मा गुरुङले सर्वाधिक १६ रन बनाइन्। 

अन्य कुनै ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन्। बागमतीलाई सस्तैमा समेट्न ऋतु कनोउजियाले ३, कविता जोशी र लक्ष्मी साउदले समान २-२ तथा विन्दु रावल र करिश्मा थापाले समान १-१ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित ओभरमा २ विकेट गुमाएर १५७ रनको उच्च योगफल तयार पारेको थियो। उसका लागि सम्झना खड्काले ४७ बलमा नटआउट ७४, रुबी पोडार र कप्तान विन्दु रावलले समान २८-२८ र कविता जोशीले २० रन बनाइन्।

शुक्रबारेको जितसँगै सुदूरपश्चिम चार खेलबाट ६ अंक जाडेर दोस्रो हुँदै फाइनलमा पुगेको हो। एपीएफ भने अपराजित छ। समान एकएक खेल जितेका ललितपुर मेयर्स ११, कोशी प्रदेश र बागमती प्रदेश भने समूह चरणमै रोकिएका छन्।

प्रकाशित: ४ जेष्ठ २०८१ १३:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App