पाँचथर- याङवरक गाँउपालिकाको अन्तिम मतपरिणाम आएसँगै पाँचथरका आठवटै स्थानिय तहको नजिता आएको छ। जिल्लामा ४ स्थानमा नेपाली काग्रेस, तीन स्थानमा नेकपा (एमाले) र एक स्थानमा नेकपा (माओवादी) केन्द्र विजयी भएको छ।
याङवकर गाँउपालिकमा एमाले विजयी भएको छ। एमालेका लेखनाथ घिमिरे ३७४८ मत सहित विजयी भएका हुन। उनका निकटम प्रतिद्वन्द्वी शेरवहादुर नुगुले ३४४९ मत प्राप्त गरे। यस्तै उपप्रमुखमा एमालेकै कमला योङहाङ विजयी भएकी छन्। उनले ३५७४ मत प्राप्त गरीन भने उनलाई पछ्याएकी काग्रेसीकी कल्पना कोईराला २८७२ मत प्राप्त गरीन। यहाँ चार वार्डमा एमाले र दुई वार्डमा काग्रेस विजयी भएको छ।
फिदिम नगरपालिकमा स्पष्ट वहुमत सहित काग्रेस विजयी भएको छ। काग्रेसले तुमेवा गाँउपालिका, फाल्गुनन्द गाँउपालिका र फालेलुङ गाँउपालिमा विजय हासिल गरेको छ। यस्तै एमालले याङवरक, हिलिहाङ र कुम्मायक गाँउपालिकमा विजय हासिल गरेको हो। माओवादी मिक्लाजुङ गाँउपालिकमा विजयी भएको छ।
प्रकाशित: १९ असार २०७४ ०५:०९ सोमबार