५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

रासायनिक मलको अभाव कम गर्न जैविक विकल्प बनाउनुपर्छ: सांसद चौधरी

फाइल तस्बिर

नेपाली काँग्रेसका सांसद विनोदकुमार चौधरीले रासायनिक मल खरिदका लागि पर्याप्त बजेट व्यवस्थापनको विषयमा सम्बन्धित मन्त्रालयले जवाफ दिनुपर्ने बताएका छन।

आज  प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै समितिको ज्येष्ठ सदस्य सभापतिसमेत रहेका उनले यस्तो कुरा बताएका हुन। उनले रासायनिक मलको अभाव कम गर्न जैविक मलको वैकल्पिक उपायहरू ल्याउनुपर्ने बताए।

उनले जैविक मललाई रासायनिक मलको वैकल्पिक उपाय बनाउने विषयमा सरकारको भूमिकाको विषयमा समेत स्पष्ट हुनुपर्ने बताए। सांसद चौधरीले विनियोजित बजेट अनुसार खरिद प्रक्रिया अघि बढे/नबढेको, खरिद भएको मल ढुवानी भए/नभएको र गोदाममा पुगिसेकेको मल वितरणको अवस्थाबारे सम्बन्धित निकायमार्फत जानकारी माग गरिने बताए। उनले रासायनिक मलमा अहिलेको बजार माग कति हो र त्यो कहाँबाट कसरी पूर्ति गर्ने हो भनेर अर्थ र कृषि मन्त्रालयलाई जवाफ माग गर्ने बताए।

उनले मल अभाव नहुने गरी वितरणको ‘रोडम्याप’ पनि मन्त्रालयहरूसँग माग गरिने बताए। उनले स्थानीय तहले मल वितरण गर्दा किसानलाई समयमा पाउने आधार खडा पारेको प्रणालीको विषयमा समितिलाई जानकारी गराउनु पर्ने बताए। उनले स्थानीय निकायहरूको मल वितरणमा समस्या भए कसरी सम्बोधन गर्ने विषयमा मन्त्रालयले सोच्नुपर्ने बताए। उनले किसानहरूले भन्सार नाकाबाट एक बोरा मल ल्याउन रोक लगाउने विषयले किसानहरूले समस्या भोग्नुपरेको बताए। 

प्रकाशित: १५ श्रावण २०८० १३:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App