५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

इटालीको ६ दिने भ्रमण गरी स्वदेश फर्किए प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल इटालीको ६ दिने भ्रमण सम्पन्न गरी शुक्रबार बिहान स्वदेश फर्किएका छन्।

प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसङ्घ, खाद्य तथा कृषि संगठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी भई शुक्रबार बिहान स्वदेश फर्किएका हुन् ।

उनी साउन ६ गते इटाली गएका थिए।  भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले ‘फुड सिस्टम समिट’लाई सम्बोधन गर्दै जलवायु परिवर्तन र अन्य प्रकोपसँग जुध्न तथा अनुकूलन क्षमता सुदृढ गर्न अतिकम विकसित देशहरूको कृषिमा लगानी बढाउनु जरुरी रहेको बताएका थिए।

इटाली भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले नेपाली प्रगतिशील मञ्च इटाली, बेल्जियम, स्पेन, क्रोसिया, पोर्चुगल, अष्ट्रिया र आयरल्यान्डका प्रतिनिधिसँग छलफल गरेका थिए।

प्रधानमन्त्री दाहाल नेतृत्वको भ्रमण दलमा उनका स्वकीय सचिव एवं छोरी गङ्गा दाहाल, कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा जयकान्त राउत, सुरक्षाकर्मी एवं सञ्चारकर्मीलगायत सहभागी छन्।

त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा प्रम दाहालकाे स्वागत गरिँदै। तस्बीरहरूः प्रसन गुरूङ

 

यो पनि पढ्नुहोस्

कस्ताे रह्याे प्रधानमन्त्रीको इटाली भ्रमण?

 

प्रकाशित: १२ श्रावण २०८० ०४:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App