६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

टिआरसीसम्बन्धी विधेयकमाथि छलफल गर्न बनेको उपसमितिको म्याद १५ दिन थपियो

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल गरी टुङ्ग्याउन बनेको ११ सदस्यीय उपसमितिको म्याद १५ दिन थप गरेको छ।

आज सिंहदरबारमा बसेको समितिको बैठकले १५ दिन उपसमितिको म्याद थप गरेको हो। बैठकपछि निर्णय सुनाउँदै समितिका ज्येष्ठ सदस्य सभापति मङ्गलप्रसाद गुप्ताले उपसमितिको म्याद १५ थप गरेको बताए। उनले जुम्लामा भएको घटनाका सम्बन्धमा छलफल गर्न आगामी बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङलाई आगामी समितिको बैठकमा उपस्थित हुन आग्रह गरे। 

समितिले कानुन मन्त्री गुरुङले समितिको बैठकमा अभिव्यक्त दिएको  कुरालाई आधार मानेर आगामी बैठकमा थप निर्णय लिने बताए। 

प्रकाशित: ५ श्रावण २०८० १०:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App