६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् कार्यसूची

नेपाली कांग्रेसको आजदेखि केन्द्रीय कार्य समिति बैठक सुरु हुँदै छ। बैठक दिउँसो १ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नदैछ।

आज बस्ने केन्द्रीय कार्य समिति बैठकको लागि सोमबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले विभिन्न १० कार्यसूची तय गरेकाे सहमहामन्त्री फर्मुल्लाह मन्सुरले जानकारी दिए।  

बैठकले समसामयिक राजनीतिक विषय, कार्यसम्पादन समिति बैठकबाट भएका निर्णयहरू अनुमोदनका लागि पेश गर्ने, साङ्गठनिक कार्ययोजना र कार्यतालिकासम्बन्धी प्रस्ताव, नीति अधिवेशन सम्बन्धमा छलफल गरी मिति र स्थान तय गर्ने, पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची तय गरेको छ।

यसैगरी विभाग गठनसम्बन्धी, पार्टीको राष्ट्रिय अभियान घोषणासम्बन्धी प्रस्ताव, अनुशासन समितिको प्रतिवेदनसम्बन्धी, प्रतिनिधिसभा बैठकमा पार्टीको भूमिका, सरकारमा पार्टीको भूमिका विषयको कार्यसूची तय गरिएको उनले बताए।  

 साेमबारकाे पदाधिकारी बैठकमा सभापति देउवाले केन्द्रीय समिति बैठकको पार्टीको आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रशारण गर्ने प्रस्ताव गरेका थिए।

प्रकाशित: २ श्रावण २०८० ०१:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App