१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

समयमा नै एमसीसी परियोजना सम्पन्न गर्नुपर्नेमा जोड

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्यएसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुले शिष्टाचार भेट गरेका छन।

ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा उनीहरुबीच भएको भेटमा मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसीसी) परियोजनाका बारेमा छलफल भएको एमाले विदेश विभाग प्रमुख डा राजन भट्टराईले जानकारी दिए।

उनका अनुसार भेटमा पार्टी अध्यक्ष ओलीले एमसीसी परियोजना समयमा नै सक्नुपर्नेमा जोड दिए। उनले विगतमा एमसीसीका बारेमा धेरै नै उतारचढाव भए पनि अहिले परियोजना कार्यान्वयनको चरण आएको बताउनुभएको नेता भट्टराईले जानकारी दिए।  

भेटमा सहायक विदेशमन्त्री लुले एमसीसी परियोजना पूर्णरूपमा सुरु गर्ने र वरिष्ठ अधिकारी आएर परियोजना पूर्णरूपमा आरम्भ गर्ने बताए। उनले एमसीसी परियोजना अगाडि बढाएकोमा धन्यवाद व्यक्त गरे।सहायक विदेशमन्त्री लु एक दिने नेपाल भम्रणका लागि आज नेपाल  आइपुगेका हुन।  

प्रकाशित: २९ असार २०८० १६:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App