५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

कोशी प्रदेशको मुख्यमन्त्रीमा राप्रपा विनै दाबी पेश गर्दै कांग्रेस

कोशी प्रदेशको मुख्यमन्त्रीमा  नेपाली कांग्रेसका संसदीय दलका नेता उद्वव थापाले आज मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका छन्। राप्रपालाई सरकारमा समावेश गर्नका लागि प्रयास जारी रहे पनि हालसम्म राप्रपा सहमत भइन सकेका कारण राप्रपा विनै मुख्यमन्त्रीको दाबी पेश गर्ने थापाले तयारी गरेका छन्। 

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक भुपेन्द्रराईले राप्रपा विनै विपक्षी गठबन्धन दलहरूको समर्थनमा कांग्रेसले सरकारको दाबी गर्ने  तयारी गरेको जानकारी दिए। राईले भने‘हाल सम्म राप्रपासँग सरकार गठनका विषयमा सहमति भइन सकेका कारण गठबन्धन दलहरूको समर्थनमा नयाँ सरकार गठनका लागि दाबी गर्ने तयारी गरेका छौँ।

 गठबन्धनमा आबद्ध दलहरूको समर्थनमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्वव थापाले आज  दिउँसो प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीका लागि दाबी गर्ने  राईले बताए। कोशी प्रदेशको विपक्षी गठबन्धनमा नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका सभामुखसहित १३, एकिकृत समाजवादीका ४ र जसपाका १ जना सांसद छन्। 

९३ जना  सदस्य भएको प्रदेशसभामा बहुमतका लागि ४७ सदस्य आवश्यक पर्दछ । विपक्षी गठबन्धनमा ४७ जना सदस्य भएका कारण थापाले मुख्यमन्त्रीमा दाबी पेश गर्न लागेका हुन्। तर, सत्तारुढ नेकपा एमालेले भने सभामुखलाई दलको सदस्यका रुपमा गणना गर्न नहुने बताउँदै आएको छ। नेकपा एमालेले सभामुख तथस्ट पद भएकाले कुनै राजनीतिक दलको सदस्यका रुपमा सभामुखलाई गणना गर्न नहुने धारणा राख्दै आएको छ। 

प्रकाशित: २१ असार २०८० ०६:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App