१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

जसले आफ्नै छोरालाई तीन पटक भोट दिए

नाती गणेशको सहयोगमा मतदान गर्दै पूर्वप्रधानपञ्च शोमनाथ ढुङ्गाना।

धादिङ-   एक सय एक वर्षिय सोमनाथ ढुङ्गानाले यस पटक समेत गरी आफ्नै छोरालाई तीन पटक भोट दिए।

                उनी पूर्व प्रधानपञ्च हुन् । २१ वर्ष प्रधानपञ्च चलाएको अनुभव उनमा छ। गणतान्त्रिक ब्यवस्था अनुसार इतिहाँसमै पहिलो पटक भएको स्थानीय तहको निर्वाचनमा उनले फेरी आफ्नै छोरालाई भोट हालेका छन्।

                यस अघि २०४७ र २०५४ को निर्वाचनमा उनले छोरालाई नै भोट हालेका थिए। छोरा भीमप्रसाद ढुङ्गानाले गाविस अध्यक्ष जिते पनि। अहिले दुई दशकपछि भएको स्थानीय तहको निर्वाचनमा छोरा फेरी भीमप्रसादलाई नै भोट दिने अवसर पाए। सोमनाथ भन्छन् ‘यस पटक पनि मेरो भोट खेर जाँदैन।’

                आइतबार सम्पन्न स्थानीय तहको निर्वाचनमा नाति गणेश ढुङ्गानाको सहारा लिएर सोमनाथले छोरालाई भोट दिएका हुन् । यसअघि भएका स्थानीय तहका निर्वाचन र संसदीय निर्वाचनमा कति पटक आफ्नो मत दिए उनलाई एकिन थाहा छैन। तर सबै निर्वाचनमा मतदान गर्न पनि छोडेका छैनन् । एक सय एक वर्षको उमेरमा पनि भोट हाल्न पाउँदा निकै खुसी लागेको उनले बताए।

                त्यो बेलाको राजाको निरङकुश शासनकाल २१ वर्ष प्रधानपञ्च चलाए। देश परिवर्तनको लागि त्यसपछि सबै निर्वाचनमा भोट हालिरहेका छन्। ‘यो पटक जितेर आउनेहरुले पक्कै देश नयाँ ढंगले अघि बढाउनेछ’ उनले विश्वास सुनाए । प्रधानपन्च बनाउन आफैलाई चुनेकाहरुलाई आफैले भोट हाल्न पाउँदा गणतन्त्रको एउटा उपलब्धी भएको उनले सुनाए।

                पञ्चायती शासन ब्यवस्थामा २१ वर्षसम्म (२०२५–२०४६) प्रधानपञ्च चलाएका सोमनाथले राजाको शासन कालपछि पनि बहुदलीय ब्यवस्थाका निर्वाचनहरुमा मताधिकार प्रयोग गर्दै आएको बताए। आफ्नो छोरालाई जिताउन मतदान केन्द्र पुगेका उनले खुसी हुँदै भने ‘म पनि अझै राजनीतिक जवानी मै रहेछु जस्तै लाग्यो, एक सय वर्षमा भोट हाल्न पाउने भाग्यमानी नै रहेछु।’

                उनको प्रधानपञ्च म्याद सकिए लगत्तै छोरा भीम ढुङगानाले २ पटक सम्म निर्वाचित भएर गाविस अध्यक्ष चलाएका थिए । भीमप्रसाद नेपाली कांग्रेसबाट अहिले फेरी जिल्लामा सबैको चासोको केन्द्र बनेको निलकण्ठ नगरपालिको मेयर पदमा चुनाव लडेका छन्।

                नीलकण्ठ नगरपालिकाको मेयर पदमा नेपाली काँङग्रेसको तर्फबाट चुनावी मैदानमा रहेका भीमप्रसादसंग नेकपा एमाले तर्फका अर्जुन कुमार श्रेष्ठ (गोर्खाली) प्रतिपर्धामा छन्।

निलकण्ठको मेयर पदका ७ जना प्रत्यासी मध्ये प्रतिपर्धामा भने एमालेका गोर्खाली नै देखिएका छन्।

 

 

               

 

 

 

प्रकाशित: ३१ वैशाख २०७४ १४:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App