१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

रेणु दाहाललाई भाेट माग्न देउवा-दाहाल भरतपुर अाउँदै, ओलीको छुट्टै कार्यक्रम

कांग्रेस सभापति देउवा र प्रधानमन्त्री दाहाल

चितवन—पहिलो चरणमा हुन गइरहेको स्थानीय तह निर्वाचनको प्रचार प्रसारको आज अन्तिम दिन चितवनमा मुख्य तीन दलका शीर्ष नेताहरु नै चुनावी सभालाई सम्बोधन गर्न आउने भएका छन्। प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र काँग्रेस सभापति शेरबहादुर देउवाले संयुक्त सभालाई सम्बोधन गर्ने छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले छुट्टै सभालाई सम्बोधन गर्दै आफ्ना उम्मेद्वारलाई मत माग्ने छन्।

काँग्रेस बलियो भएको भरतपुरमा मेयर उम्मेद्वार फिर्ता लिने सहमति गरेर केन्द्रीय समितिले गलत गरेको भन्दै सुरुवातमा काँग्रेस समर्थकहरु निकै आक्रोशित भएका थिए। जिल्ला नेतृत्वले संयुक्त कार्यक्रमहरु गरेर कार्यकर्ताहरुलाई मनाउने प्रयास गर्दै आएको छ।

भरतपुर महानगरपालिकामा काँग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको छ। नेपाली काँग्रेसले मेयरमा माओवादी उम्मेद्वार रेणु दाहाललाई सघाउनेछ। उपमेयरमा माओवादीले काँग्रेस उम्मेद्वार पार्वती शाहलाई मत हाल्ने छ। काँग्रेसका मेयर उम्मेद्वार दिनेश कोइरला र माओवादी केन्द्रका उपमेयर उम्मेद्वार सुरेन्द्र गुरुङको नाम फिर्ता भएको छ।

काँग्रेस बलियो भएको भरतपुरमा मेयर उम्मेद्वार फिर्ता लिने सहमति गरेर केन्द्रीय समितिले गलत गरेको भन्दै सुरुवातमा काँग्रेस समर्थकहरु निकै आक्रोशित भएका थिए। जिल्ला नेतृत्वले संयुक्त कार्यक्रमहरु गरेर कार्यकर्ताहरुलाई मनाउने प्रयास गर्दै आएको छ। आज प्रधानमन्त्री दाहाल र काँग्रेस सभापति देउवाले संयुक्त मञ्चबाट भाषण गर्दा जनस्तरसम्मै सकारात्मक प्रभाव जाने आशाले कार्यक्रम हुन लागेको हो।

काँग्रेसले समर्थन गरेको मओवादी उम्मेद्वार रेणु दाहाल प्रधानमन्त्री दाहालकी छोरी हुन्। दाहाल र देउवा चितवन आउने समयमा नै एमाले अध्यक्ष केपी शर्मा ओली पनि भरतपुरमै हुने छन्। उनले आफ्ना पार्टीका उम्मेद्वारहरुका लागि मत माग्ने छन्। एमालेले देवि ज्ञवालीलाई मेयर र दिब्य शर्मालाई उपमेयरमा उठाएको छ।

एमालेको कार्यक्रम नारायणगढ बसपार्कमा र माओवादी तथा काँग्रेसको संयुक्त कार्यक्रम भरतपुरको केन्द्रीय बसपार्कमा हुने छ। चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार दुवै कार्यक्रममा आउने कार्यकर्ताहरु र सर्वसाधरणको चापलाई ख्याल राखेर सुरक्षा सतर्कता बढाइएको छ। भरतपुरको चौबिस कोठीलाई साँध मानेर त्यसको ६० मिटर परबाट दुवै समूहको जुलुस सुरु हुने छ।

प्रमुख जिल्ला अधिकारी भट्टका अनुसार एमाले समर्थकहरु चौविस कोठीभन्दा तलबाट जुलुस निकाल्दै नारायणगढ आउने छन्। काँग्रेस एमाओवादीले समर्थकहरु पनि चौबिस कोठीभन्दा केही पर भेला भएर भरतपुर केन्द्रीय बस पार्कको चौर तर्फ लाग्ने छन्।

प्रकाशित: २८ वैशाख २०७४ ०४:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App