१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

काठमाडौंका १० नगरपालिकामा एमाले उम्मेदवारको टुंगो

काठमाडौं- नेकपा एमालेले काठमाडौंका ९ वटा नगरपालिकामा उम्मेदवारको टुंगो लगाएको छ। एमाले केन्द्रिय कमिटीले स्थानीय तह निर्वाचनको लागि राजधानीका ९ नगरपालिकाबाट उठ्ने मेयर र उपमेयरको टुंगो लगाएको हो।

जस अनुसार कागेश्वरी मनहरामा मेयर कृष्णहरि थापा, उपमेयरमा विन्दु सिंखडा, गोकर्णश्वरको मेयरमा पुण्य चौलागाई, उपमेरमा शान्ति श्रेष्ठ, टोखाको मेयरमा प्रकाश अधिकारी, उपमेयरमा ज्ञानमायाँ डंगोल, तारकेश्वरको मेयरमा रामेश्वर बोहोरा र उपमेयरमा भानु डोटेल, दक्षिणकालीको मेयरमा प्रह्लाद कार्की र उपमेयरमा निसा नकर्मी, बुढानिलकण्ठको मेयरमा उद्वव खरेल र उपमेयरमा रमा राई, नागर्जुनको मेयरमा कृष्णहरी खत्री र उपमेयरमा सुशीला अधिकारी, शंकरापुरको मेयरमा सुवर्ण श्रेष्ठ र उपमेयरमा शुक्रलक्ष्मी श्रेष्ठ,र चन्द्रगिरीको मेयरमा शशी शर्मा अर्याल र उपमेयरमा मिरा आचार्य महर्जनलाई उम्मेदवार गराउने निर्णय गरेको हो।

यस्तै एमालेले किर्तिपुर नगरपालिकाको मेयरमा रमेश महर्जन र उपमेयरमा सरस्वती खड्कालाई उम्मेदवार बनाएको छ।

प्रकाशित: १९ वैशाख २०७४ ०९:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App