१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

निर्वाचनका लागि सुरक्षा योजना तयार :  गृहमन्त्री निधि

बाँके –  उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले स्थानीय तहको निर्वाचनको गृह मन्त्रालयले सम्पूर्ण सुरक्षा व्यवस्था सुदृढ गर्न विशेष केन्द्रीय सुरक्षा योजना तयार गरेको बताएका छन्। 

मध्यपश्चिमाञ्चल क्षेत्रीय सुरक्षा गोष्ठीको सोमबार नेपालगन्जमा उद्घाटन गर्दै गृहमन्त्री निधिले केन्द्रीय सुरक्षा समितिले निर्वाचनलाई लक्षित गरी विशेष योजना तयार गरेको जानकारी गराए । 

उनले निर्वाचनमा खटिने कर्मचारी, मतदाता, उम्मेदवार, राजनीतिक दल र मतदान केन्द्रको सुरक्षा गर्न सुरक्षा प्रमुखहरुलाई सम्पूर्ण क्षमता प्रयोग गर्न निर्देशन दिँदै निर्वाचन सफल बनाउनुपर्नेमा जोड दिए । 

गृहमन्त्री निधिले निर्वाचनमा केही असन्तुष्टि, असमझदारी, संविधान विरोधी, भूमिगत समूह तथा राजनीतिक शक्तिहरु सक्रिय रहेकाले चुनौती पनि भएकाले त्यसलाई सामना गर्न सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाएको बताउँदै निर्वाचन आयोगसँगको समन्वयमा निर्वाचन सम्पादन अभियान अगाडि बढाएको बताए । 

उनले भने – “हामी निर्देशन गर्ने र योजना बनाउने हो, कार्यान्वयन गर्ने तपाईंहरु हो, त्यसैले तपार्इंहरुको भूमिका महत्वपूर्ण छ, हरेक नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाई निर्वाचन सम्पन्न गराउन हाम्रो काँधमा ठूलो जिम्मेवारी छ ।” 

उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री निधिले यो मुलुकको लागि ऐतिहासिक पुनःसंरचना भई लामो समयपछि स्थानीय तहको निर्वाचन हुन लागेकाले सबैले यसमा सहभागिता जनाउनुपर्ने बताउँदै अब नागरिकका अधिकार सुनिश्चित हुने बेला आएको छ भने । उनले भने– “यो बैठकले क्षेत्र, अञ्चल र जिल्लाका सुरक्षा व्यवस्था रणनीतिका विषयमा छलफल गरी विशेष प्याकेज तयार गर्नेछ ।”  रासस

प्रकाशित: ४ वैशाख २०७४ ०८:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App