९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

अर्थमन्त्रीले सांसदको भूमिकालाई ५ करोडमा अवमूल्यन गर्नुभएको छः पूर्व अर्थमन्त्री पौडेल

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम मार्फत ५ करोड रुपैयाँ दिने व्यवस्था गरेर सांसदहरुलाई अवमूल्यन गरेको बताएका छन्।

आइतबार बजेट माथिको छलफलमा भाग लिदै भने, ‘अर्थमन्त्रीले सांसदहरुको भूमिकालाई ५ करोडमा अवमूल्यन गर्नुभएको छ।’

सांसद पौडेलले चर्को विरोध पछि रद्द गरिएको यो कार्यक्रम सुचारु गरेर सांसदहरुको भूमिकालाई खुम्च्याइएको बताए। उनले सांसदहरुको समग्र देशको विकास निर्माणमा सहभागी हुनुपर्ने भूमिकालाई यस व्यवस्थाले अवमूल्यन गरेको बताएका हुन।

'सांसदहरुलाई समग्र देशको विकास निर्माणको दायित्वबाट पन्छाइएको छ। तर अर्थमन्त्रीले, ‘मैले त चाहदैन थिए, बाध्य भए’ भनेर सार्वजनिक रुपमा अभिव्यक्ति गरिरहनु भएको छ। माननिय सांसदहरुलाई अपमान गरिहरनु भएको छ’, सांसद पौडेलले भने।

प्रकाशित: २८ जेष्ठ २०८० ०७:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App