१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री दाहालले फेरि रोके मन्त्रिपरिषद बैठक

काठमाडौं— उपप्रधानमन्त्रीको वरियता विवादका कारण सर्दै आएको मन्त्रिपरिषद बैठक आइतबार पनि नबस्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार ३ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाए पनि बैठक भोलि ३ बजेका लागि सारिएको हो।

'आज बोलाइएको मन्त्रिपरिषद बैठक स्थगित भएको छ', कानुनमन्त्री अजयशंकर नायकले नागरिकन्युजसँग भने, 'मन्त्रिपरिषद बैठक भोलि ३ बजेका लागि सारिएको हो।'

आज बोलाइएको मन्त्रिपरिषद बैठक स्थगित भएको छ', कानुनमन्त्री अजयशंकर नायकले नागरिकन्युजसँग भने, 'मन्त्रिपरिषद बैठक भोलि ३ बजेका लागि सारिएको हो।'

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि भारत भ्रमणमा रहेका बेला प्रधानमन्त्री दाहालले कमल थापालाई मन्त्रिपरिषदको दोस्रो वरियतामा ल्याएका थिए।  यो विवादका कारण तीन सातादेखि मन्त्रिपरिषद बैठक बस्न सकेको छैन। पटक पटक सर्दै आएको मन्त्रिपरिषद बैठक शुक्रबार पार्टी सभापति शेरबहादुर देउवा र उपप्रधान तथा गृहमन्त्रीबीच सहमति भएकाले आइतबार सम्भव हुने चर्चा सार्वजनिक भएको थियो।

वर्तमान सत्ता गठबन्धन निर्माणमा मुख्य योगदान पुर्‍याएका निधि पहिलो ठूलो पार्टी कांग्रेसको तर्फबाट सरकारमा नेतृत्व गरिरहेका छन्। चौथो दलका राप्रपाका अध्यक्ष थापा सरकारमा सहभागी नहुँदासम्म निधि प्रधानमन्त्री पछि दोस्रो बरियतामै थिए। 

प्रकाशित: २७ चैत्र २०७३ ०८:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App