१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

जेठ २६ गतेभित्र प्रधानन्यायाधीशविरुद्ध उजुरी दिन आह्वान

सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा सिफारिस भएका कामुप्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी आह्वान गरेको छ।  

समितिले आज सूचना प्रकाशित गर्दै प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि संवैधानिक परिषद्बाट सिफारिस भएका कार्कीविरुद्ध उजुरी आह्वान गरेको हो। समितिले कार्कीलाई प्रधानन्यायाधीश पदमा नियुक्त गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार एवं सबुत प्रमाणसहित उजुरी दिन आग्रह गरेको छ। यही जेठ २६ गते कार्यालय समयभित्र इमेलबाट वा सोझै समितिमा आई सूचना वा उजुरी दिन सकिने समितिले जनाएको छ।  

सूचनादाताले आफ्नो नाम, थर, वतन र सम्पर्क नम्बर स्पष्टरूपमा खुलाउनुपर्ने र निजले चाहेमा सूचनादाताको नाम गोप्य राखिने समितिद्वारा प्रकाशित सूचनामा उल्लेख छ। समितिको मङ्गलबार बसेको बैठकले कार्कीको सुनुवाइ प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो। बैठकले प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध उजुरी दिन आह्वान गर्ने निर्णय गरेको थियो।

गत वैशाख २५ गते संवैधानिक परिषद्ले कार्कीलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो। प्रधानन्यायाधीश पद करिब १५ महिनादेखि रिक्त छ।

प्रकाशित: १७ जेष्ठ २०८० ०४:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App