१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

चिनियाँ विदेशमन्त्री चाङ फर्किए

काठमाडौं- चीनका रक्षामन्त्री जनरल चाङ वानक्वान नेपालको तीनदिने औपचारिक भ्रमण पूरा गरी शनिबार स्वदेश फर्किएका छन्। रक्षामन्त्री बालकृष्ण खाँड र रक्षासचिव श्रीधर सापकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा उनलाई बिदाइ गरेका थिए।

रक्षामन्त्री खाँणको निमन्त्रणामा आएका चाङले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाललगायतसँग भेट गरेका थिए। ती भेटमा उनले नेपाली सेनालाई विपतु व्यवस्थापन र विकास निर्माणका लागि आवश्यक उपकरण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। प्रधानमन्त्री दाहालसँगको भेटमा चाङले चीनले नेपाली सेनाका लागि करिब साढे तीन अर्ब रुपैयाँबराबरको सैन्य सामग्री सहयोग गर्ने सहमति गरेका छन्। 

उपप्रधान एवं गृहमन्त्री विमलेन्› निधि र रक्षामन्त्री खाँणसँग पनि उनले द्वीपक्षीय सम्बन्ध र आपसी हितमा केन्›ित रहेर छलफल गरेका थिए। निधिसँगको भेटमा तातोपानी नाका खोल्ने र सीमा सुरक्षा विषयमा छलफल भएको थियो।  नेपाल र चीनबीच परापूर्वकालदेखि नै मित्रवत सम्बन्ध रहिआएको छ।

यस्तै शुक्रबार चाङले नेपाली सेनाको मुख्यालय जंगी अड्डा पुगेर प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग छलफल गरेका थिए। चाङसँग आएको १९ सदस्यीय सैन्य टोली र नेपाली सेनाका रथी तथा विभागीय प्रमुख संलग्न रहेको सो भेटमा नेपाल–चीन सैन्य अभ्यास, नेपाली सेनाको विकास र शान्ति सेनामा नेपालको भूमिका विषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

चीनले नेपालको सामाजिक–आर्थिक विकासमा निरन्तर सहयोग पुर्‍याउँदै आएको छ भने असंलग्न परराष्ट्रनीति र पञ्चशीलको सिद्धान्तमा आधारित हाम्रो परराष्ट्र सम्बन्धले एकअर्काको शान्तिपूर्ण सहअस्तित्वलाई सम्मान गर्दै आएको छ।

रक्षामन्त्री खाँणले चिनियाँ समकक्षीसँगको भेटवार्तामा नेपाल सदैव एक चीन नीतिमा अडिग रहेको स्मरण गराउँदै नेपाली भूमिमा छिमेकी मित्रराष्ट्रविरुद्ध कुनै पनि गतिविधि हुन नदिने बताएका थिए।

प्रकाशित: १३ चैत्र २०७३ ०२:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App