१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

उपचार गराउन भरतमोहन बैंकक गए

काठमाडौं- आन्द्रामा समस्या देखिएपछि एमाले नेता एवं पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारी स्वास्थ्य उपचारका लागि बुधबार थाइल्यान्ड प्रस्थान गरेका छन्। अधिकारीको बैंककस्थित भेजथानी अस्पतालमा उपचार हुनेछ।

दिसा र पिसाबमा समस्या देखिएपछि अधिकारी पुस ७ गते तीनकुनेस्थित कान्तिपुर अस्पताल भर्ना भएका थिए । पछि उनलाई बल्खुस्थित बयोधा अस्पतालको  आइसियुमा आठ दिन राखेर उपचार गरिएको थियो। चिकित्सक युवराज शर्माको सल्लाहपछि अधिकारी उपचारका लागि बैंककतर्फ लागेको उनका स्वकीय सचिव महेश बिष्टले बताए। ८० वर्षीय अधिकारी मुटु र दमको बिरामी हुन्।

प्रकाशित: ३ चैत्र २०७३ ०२:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App