६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

राप्रपा अध्यक्ष लिङदेनको प्रश्नः अख्तियारमा आफ्नो कारिन्दा राखेर भ्रष्टाचार नियन्त्रण हुन्छ?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले ‘अख्तियारमा आफ्नो कारिन्दा राखेर भ्रष्टाचार नियन्त्रण हुन्छ’ भन्दै प्रश्न गरेका छन्।  

उनले सोमबार संसदको नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिदै उक्त प्रश्न राखेका हुन। उनले एक स्वतन्त्र आयोग गठन गरेर पञ्च र राजाहरुसहित उनीहरुका नातागोता र परिवारको छानबिन गर्न सरकारलाई चुनौती दिए।  

‘यहाँ त (नीति तथा कार्यक्रम)मा कसैलाई पनि छुट दिइने छैन। कसैले पनि छुट पाउदैन भन्ने कुरा त सबैलाई थाहा छदै छनी’, अध्यक्ष लिङदेनले भने।  

उनले भ्रष्टाचार नियन्त्रण कागमा सिमित रहेको बताए । ‘सबै नीतिगत निर्णय गर्ने, मन्त्रिपरिषद बसेर निर्णय गर्ने। निगिगत निर्णय गर्ने अख्तियार हेर्न नपाउने भन्ने। हेर्न पाउने भएपनि अख्तियारमा आफ्नो कारिन्दा नियुक्त गरेर राख्ने। अनि भ्रष्टाचार नियन्त्रण हुन्छ?  

अध्यक्ष लिङदेन नक्कली भुटानी शरणार्थी प्रकरण ठिक ढंगले छानबिन नभइरहेको बताए । ‘अनि अहिले यहाँ ठिक भइरहेको छ? नक्कली भुटानी शरणार्थी प्रकरणमा के ठिक ढंगले छानिबन भइरहेको छ? प्रहरीले स्वतन्त्र ढंगले काम गर्न पाइरहेको छ? पछिल्लो चरणमा आएर के कस्ता गतिविधी भइरहेको छ सबैलाई थाहा छैन।’

उनले सरकारलाई भ्रष्टाचार नियन्त्रणको भन्नका लागि मात्र नभनेर देखिन गरि काम गर्न आग्रह गरे । ‘एउटा स्वतन्त्र नागरिक आयोग गठन गरेर नातागोता परिवारको सम्पत्ती छानबिन गर्छौ भन्नुपर्र्यो। ‘पञ्च र राजाको क–कसको कहाँबाट सुरु गर्ने हो। तर अब सबैको छानबिन गरिनेछ। उनका नातागोता परिवारको सम्पत्ति छानबिन गरिनेछ। अवैधानिक सम्पत्ति जफत गरिने छ। र कारवाहीमा ल्याइने छ भनेर लेख्नुहोस न। अनि यो सरकार भ्रष्टचार विरुद्ध निर्मम भएर आयो। अस्ती जे भयो भयो। अब पर्ने भए आफु पनि पर्ने भएछ। यो डर तलतलसम्म जान्छ। सकारात्मक सन्देश जानेछ। अनि डरको सिर्जना हुन्छ।’

प्रकाशित: ८ जेष्ठ २०८० ०८:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App