११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

आफ्नै सांसदसँग ओली रुष्ट

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संघीय संसदमा पार्टीका सांसदहरू उपस्थिति फितलो भएको गुनासो गरेका छन्। सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम संघीय संसदमा पेस गरेको भोलिपल्ट शनिबार संसदीय दलको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका ओलीले आफ्नै सांसदप्रति असन्तुष्टि जनाएका हुन्।

‘संसद्मा हाम्रो उपस्थिति लुलो भयो, नुन खाएको कुखुराजस्तो भयो,’ संसदीय दलको बैठकमा ओलीले भने, ‘एमाले किन ओइलाए ओइलाए जस्तो, नुन खाएको कुखुरा जस्तो भयो?’

संघीय संसद्को बैठकमा प्रभावकारीरूपमा प्रस्तुत हुन र उपस्थित हुन निर्देशन दिँदै एमाले अध्यक्ष ओलीले भने, ‘विचार, तरिका, प्रस्तुति नयाँ छैन भने पार्टी पुरानो हुन्छ। तर हामी विचारको हिसाबले, जोश जाँगरको हिसाबले बलियो छौं भन्ने लाग्छ।’

सरकारले पेस गरेको नीति तथा कार्यक्रम समर्थन गर्न लायक नभएको धारणा राख्दै ओलीले भने, ‘नीति तथा कार्यक्रमले मुलुकको राजनीतिक, आर्थिक, सामाजिक कुनै पनि समस्या पहिचान गर्न नसकेको छैन।’

सरकारको नीति तथा कार्यक्रममा कुनै गम्भीरता नदेखिएको आरोप लगाउँदै ओलीले नीति तथा कार्यक्रम संविधान, देशका आवश्यकतासँग नजोडिएको आरोप लगाए।

प्रकाशित: ७ जेष्ठ २०८० ०२:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App