५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

ढाकाकुमारको सांसद पद तत्काल खारेज नगर्न सर्वोच्चको अन्तरिम आदेश

राष्ट्रिय स्वतन्त्र पार्टीले कारबाही गरेका सांसद ढाकाकुमार श्रेष्ठले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले सांसद श्रेष्ठलाई कारबाही गर्नुको कारण माग गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको सर्वोच्च अदालतले जनाएको छ। अब दुबै पक्षको बहस सकिएर आदेश नहुन्जेल श्रेष्ठलाई गरिएको कारबाही कार्यान्वयन नगर्न आदेश भएको हाे। 

ढाकाकुमार श्रेष्ठले आफूलाई सांसदमा पुनर्बहाली गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका थिए।

मन्त्री बन्नका लागि मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग घुस लेनदेनको अडियो सार्वजनिक भएपछि श्रेष्ठलाई रास्वपाले पार्टीको साधारणसमेत नरहने गरी कारबाही गरेको थियो। त्यसपछि श्रेष्ठले रास्वपाको केन्द्रीय आचरण तथा अनुशासन समितिलगायतलाई विपक्षी बनाएर सर्वोच्चमा मुद्दा दायर गरेका थिए।

प्रकाशित: २५ वैशाख २०८० १०:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App